१० चैत्र २०७२, बुधबार

नेपाली मौलिक कथाबस्तुमा आधारीत फिल्म ‘पशुपति प्रशाद’ फिल्मको पाईरेसि भएको समाचार केहि मिडियाहरुमा आए पनि फिल्मका निर्देशक दिपेन्द्र के खनालले उक्त फिल्म पाईरेसि नभएको बताएका छन् । मिडियाहरुमा फिल्म ‘पशुपति प्रशाद’को पाईरेसि भएको समाचार आए पछि फिल्मको युनिटले छानबिन गर्दा कुनै पनि तथ्य नभेटाएको निर्देशक खनालले बताएका छन् ।

Pashupati-Prasad-first-look

नेपाली बास्तबिक मौलिकतालाई पर्दामा उतारेका फिल्म ‘पशुपति प्रशाद’ अझैँ पनि नेपालको केहि हलहरुमा चलिरहेको छ ।  फिल्मको निर्माताहरुले नेपाल बाहिरको २० भन्दा बढि देशहरुमा प्रदर्शन गर्ने बताएका छन् ।  ‘पशुपति प्रशाद’ फिल्ममा बिपिन कार्की, बर्षा सिवकोटि, खगेन्द्र लामिछाने, रबिन्द्र सिंह बानिया लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV