१० चैत्र २०७२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चीनसँग आपतकालीन इन्धन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन् । केही तयारी पूरा भएपछि भने इन्धन व्यापार सम्झौता हुने उनले बताए ।
चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा गरिएको कुराकानीमा निकै खुसी देखिएका ओलीसँग ‘चीनसँग इन्धन सम्झौता नगरि नागरिकको अपेक्षा पुरा गर्न सक्नुभएन नि रु’ भन्ने प्रश्नमा ओलीले भने ‘ नोपलले अहिले (चीनसँग) आपतकालीन इन्धा सम्झौता गर्नुपर्ने अवस्था छैन । हिजो संकट थियो, अहिले त्यति संकट छैन, त्यसैले धेरै हतार पनि छैन ।’

PM-Oli-at-china-2-1

‘इन्धन सम्झौताका लागि केही कुरा निष्कर्षमा पुर्‍याउनुपर्ने हुन्छ, हामीले व्यापार सम्झौताको तयारी गर्ने भनेको छौ, त्यसभित्र अनेक चिजहरु गर्छौं र इन्धन पनि संसारका जुनसुकै देशबाट ल्याउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘पारवाहनका लागि भारत र चीन दुबै देशका बन्दरगाह प्रयोग गर्न सक्छौँ, स्वतन्त्र राष्ट्रका हैसियतले भारतसँग पनि र चीनसँग पनि संम्झौता गर्न सक्छौँ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV