१० चैत्र २०७२, बुधबार

आफ्नो पार्टीले भारी बहुमतसाथ चुनाव जिते पनि राष्ट्रपति बन्न नपाएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले नयाँ मन्त्रिपरिषदमा एक स्थान लिने भएकी छन् । उनले मन्त्री नै चाहिँ नखालिन् भन्ने अनुमान गरिएको थियो । तर, राष्ट्रपतिमा चुनिइसकेका टिन क्याउले संसद्मा बुझाएको सूचीमा सूकीको नाम छ ।

Suki-650x331

बिबिसीका अनुसार जोनाह फिसरले जनाएअनुसार सुकीले विदेश मामिला, उर्जा र शिक्षा हेर्ने गरी राष्ट्रपतिकै कार्यालयमा रहने हिसाबमा मन्त्री पद सम्हाल्नेछिन् । मन्त्रिपरिषद्मा अन्य कोही महिला छैनन् । निवर्तमान सैनिक शासकहरुले संशोधन गरेको संविधानमा सन्तानको विदेशी नागरिकता भएमा राष्ट्रपति बन्न नपाउने प्रावधान छ । सुकीलाई नै लक्षित गरी यो प्रावधान राखिएको अड्कल छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV