काठमाडौं । सिंहदरबारभित्र बारम्बार ‘ड्रेस कोड’ लगाउन सर्कुलर जारी गर्दा अटेर गर्द आएका कर्मचारीले लुकुछिपी धूमपान समेत गर्ने गरेका छन् ।
सरकारले केही समयअघि सिंहदरबारलाई धूमपान निशेधित क्षेत्र घोषणा गरको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रले सिंहदबारलाई धूमपान निषेधित क्षेत्र घोषणा गर्दै त्यसलाई कडाईको साथ पालना गराउन सबै मन्त्रालय र निकायलाई सर्कुलर गरेको थियो ।
तर प्रधानमन्त्री कार्यलय र सतर्कता केन्द्रकोे सर्कुलरलाईं अटेर गर्दैै अधिकांश कर्मचारीले लुकिछिपी धूूूमपान गर्ने गरेका छन ।
यस विषयमा सामान्य प्रशासन मन्त्रालयले गोप्य अनुगमन थालेको छ । सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटाले सिंहदरबारलाई पूर्ण रुपमा धूमपान निषेधित क्षेत्र बनाउन अनुगमनलाई कडा पारिने जानकारी दिए ।