९ चैत्र २०७२, मंगलवार

रंगको यो पर्वमा माया र आत्मियता आदन प्रदान गर्दै नेपालीहरु होली पर्व मनाउँदैछन् । होलीको अवसर पारेर नेपाली चलचित्रका कलाकारले पनि आ-आफ्नै तयारी गरेका छन् । नायिका रेखा थापा र निर्देशक तथा निर्माता आकाश अधिकारीले पनि संयुक्त रुपमा होली पर्वको आयोजना गरेका छन् । दिउँसो १ बजेबाट महाराजगञ्जस्थित रेड स्टूडियोमा होली आयोजना गरिएको छ ।  त्यस्तै निर्माता छबिराज ओझाले पनि पहिलै जस्तै होली पर्व मनाउँदैछन् ।

Karishma-Manandhar-Celebrating-Holi-Colors-2013

नायिका करिश्मा मानन्धरले सधैको बर्ष जस्तै यो बर्ष पनि आफ्नै निवासमा होलीको आयोजना गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा नायिका मानन्धरले गर्ने होलीको रौनक बेग्लै हुन्छ । मध्यान्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म करिश्माको निवासमा होली पर्वको आयोजना हुँदैछ । आज नै काठमाण्डौको सानो गौचरणमा बलिउडका चर्चित र्‍यापर बादशाहको कन्सर्ट पनि आयोजना गरिएको छ ।  होलीकै अवसर पारेर विभिन्न मिडिया तथा संघसंस्थाले आयोजना गरेको होली कार्यक्रममा पनि कलाकार पुग्नेछन् ।

188629_1315909994460_1732024164_548555_5972584_nNepali-Artist-Celebration-Holi-2015-30

LIVE TV