८ चैत्र २०७२, सोमबार

वेलायती राजपरिवारका सवै सदस्यहरुको नेपाल भ्रमण अध्यन गर्दा नेपालका निकुञ्जको अवलोकन गर्न, ऐतिहासिक स्थलको भ्रमण र हिमालप्रतिको मोह ज्यादा देखिएको छ

CeEZ1hUUAAErBgU

काठमाडौँ- नेपाल र वेलायतवीचको सम्वन्ध लामो छ । औपचारिक सम्वन्ध कायम भएको नै पनि दुई सय वर्ष पुगिसक्यो । त्यसमाथि वेलायत जस्तो करिव तीन शताव्दीसम्म विश्वकै महाशक्ति रहेको मुलुकसंग नेपालले प्रगाढ सम्वन्ध कायम गर्न सक्नु र वेलायत राजपरिवाले नेपाल र नेपालीप्रति आत्मियता प्रदर्शन गर्नु सामान्य कुरा होईन्  ।

नेपाल र वेलायतबीच राज्यस्तरबाट भ्रमणका आदाप्रदान पनि कम्ती पुरानो छैन् । वि.स. १९०३ मा पहिलो पटक सरकार प्रमुखको तर्फवाट पहिलो राणा प्रधानमन्त्री जंङ्गबहादुर राणाले वेलायतको भ्रमण गरेका थिए । त्यस पश्चात राणा प्रधानमन्त्री चन्द्र शमसेरले वेलायत भ्रमण सम्पन्न गरे । भनिन्छ यी दुवै राणा प्रधानमन्त्रीको भ्रमणताका वेलायतले उच्चस्तरको सम्मान नेपाललाई दर्शाएको थियो । जसलाई त्यतिखेरका वेलायत लगाए पश्चिमा अखवारहरुले खुवै महत्वकासाथ प्रकाशित गरेका थिए । त्यस्तै गरी राजा महेन्द्रले २०१८ सालमा वेलायतको भ्रमण गरेका थिए ।

वेलायतका तर्फवाट रानी एलिजावेथ दोस्रोले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिईन् । नेपालको भूगोल, प्राकृतिक सम्पदा, सस्कृति र नेपालीको इमान्दारितावाट आफु निकै प्रभावित भएको रानी एलिजावेथले बताएको त्यतिखेरका स्वदेशी तथा विदेशी सञ्चार माध्यामहरुले महत्वकासाथ उल्लेख गरेका थिए ।

सन् १९८६ यता वेलायती राजपरिवारकोतर्फवाट नेपाल भ्रमण गर्ने उच्च व्यक्ति थिईन् स्वर्गीय राजकुमारी डायना । स्वदेश तथा विदेशमा निकै लोकप्रिय छवि वनाएकी सुन्दरी राजकुमारी डायनाको सन् १९९३ को नेपाल भ्रमणलाई अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले निकै चासोका साथ कभरेज गरेका थिए । भनिन्छ डायनालाई पछ्याउने दर्जनौं पापाराजीहरु त्यतिखेर नेपाल आएका थिए । जसले गर्दा नेपालको पर्यटकीय विकासको लागि पनि महत्वपूर्ण सहयोग पूगेको थियो ।

वेलायती राजपरिवारका सवै सदस्यहरुको नेपाल भ्रमण अध्यन गर्दा नेपालका निकुञ्जको अवलोकन गर्न, ऐतिहासिक स्थलको भ्रमण र हिमालप्रतिको मोह ज्यादा देखिएको छ । बर्दिया निकुञ्जप्रतिको मोह पनि उनीहरुमा ज्यादा देखिएको छ । नेपालवारे सकरात्मक सन्देश प्रवाह गर्न र नेपाललाई विश्वमाझ चिनाउन पनि वेलायती राजपरिवार सदस्हरुको भ्रमणले महत्वपूर्ण योगदान पु¥यायकोमा दुई मत हुनै सक्दैन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV