८ चैत्र २०७२, सोमबार

काठमाडौँ, खानी तथा भूगर्भ विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय(जाइका)बीच ठूला भूकम्प र भूकम्पको प्रभाव न्यूनीकरणका लागि एकीकृत अध्ययन÷अनुसन्धानसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भएको छ ।

nepal1_japan1-430x316
उद्योगमन्त्री सोमप्रसाद पाण्डेको उपस्थितिमा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल र जाइका नेपाल कार्यालयका मुख्य प्रतिनिधि जुन सकुमाले आज समझादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यही चैत १९गतेदेखि आगामी पाँच वर्षसम्म जापान सरकारको विज्ञान तथा प्रविधिसम्बन्धी विकासको सहयोगमा कार्यक्रम सञ्चालन हुने गरी सम्झौता भएको उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

समझदारीपत्रमा भूकम्प उत्पन्न गर्न सक्ने स्रोतको पहिचान र मूल्याङ्कन, भूकम्प जाँदा जमिनको तीव्रताको प्रक्षेपणसम्बन्धी र भूकम्पीय प्रकोप मूल्याङ्कन गर्ने उल्लेख गरिएको छ । त्यस्तै विद्यमान भूकम्प मापन प्रणालीको अध्यावधिक गर्नुका साथै भूकम्प मापन सञ्जाललाई थप विस्तार गर्ने र उक्त अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई शैक्षिक संस्था र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने विषय समझदारीपत्रमा उल्लेख छ ।

सोही अवसरमा मन्त्री पाण्डेले नेपाल भूकम्प धेरै जाने सम्भावित देश भएकाले पूर्वदेखि पश्चिमसम्म कहाँ कहाँको अवस्था कस्तो कस्तो छ र त्यसको अध्ययनका लागि जाइकासँग सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पसम्बन्धी अध्ययन अनुसन्धानका लागि प्रविधिक तथा जनशक्ति तयार गर्न समझादारीले सहयोग गर्छ ।” रासस

 

LIVE TV