८ चैत्र २०७२, सोमबार

लकरमा गोली भेटिएपछि पक्राउ परेका एकीकृत माओवादी नेता ल्हारक्याल लामा धरौटीमा रिहा, वैदेशिक रोजगार ठगी मुद्दामा पुनः पक्राउ

larhkyal-lama-1000x0-650x357

काठमाडौँ- लकरमा गोली भेटिएपछि पक्राउ परेका एकीकृत माओवादीका निवर्तमान सभासद ल्हारक्याल लामा धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६६ हजार ७ सय रुपैयाँ धरौटीमा लामालाई रिहाइ गरेको हो ।

अदालतको आदेश पश्चात छुटेका लामालाई छुट्नासाथ सोमवार नै प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीले उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा पुनः पक्राउ गरेको हो । प्रहरीले सोमवार नै उनलाई वैदेशिक रोजगार विभागमा लगेको थियो । मकाउ पठाइदिने भन्दै  लामाले २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको थियो । विभागले लामालाई पक्राउ गरि बुझाउन प्रहरीलाई दुई वर्षअघि  नै पत्र पठाएपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले लामासहित फुर्वा लामा छ तिरिङडोल्ला लामाविरुद्ध २०७९ भदौमा उजुरी दिएका थिए ।

सोमवार कार्यालय समय सकिएको र मंगलवार होलीको सार्वजनिक विदा भएकोले पक्राऊ परेका लामालाई प्रहरीको हिरासतमै राखिएको छ । उनलाई अहिले सिंहदरवारस्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV