८ चैत्र २०७२, सोमबार

काठमाडौँ-  बजार खुलेको केही समय बढेको नेप्से परिसुचक १ बजेपछि ओरालो लाग्न शुरु भएको थियो । अन्तमा नेप्से परिसुचक १ दशमलव ८६ अंकले घट्दै १ हजार १ सय ४२ अंकमा कारोवार भएको  छ ।

nepse

जलविद्युत र बीमा समुहकै परिसुचक ओरालो लागेका कारण समग्र नेप्से परिसुचक घट्न पुगेको हो । जसमा सवैभन्दा बढी बीमा समुह २७ दशमलव ५९ अंकले घटेको छ । आइतबार एकैपटक ३ सय १६ अंकले बढेको बीमा समुह सोमवार ओरालो लागेको हो । यसैगरी, जलविद्युत समुह  पनि २२ अंकले ओरालो लगेको छ । सोमबार दिनभर कुल १ सय २७ कम्पनीको सेयर किनवेच भएको छ । सोमबार कोरावार रकममा भने बृद्धि भएको छ । दिनभर कुल ९७ करोड ७ लाख रुपैयाँ बरावरको १९ लाख ३२ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV