८ चैत्र २०७२, सोमबार

रुकुमका ८ गाविसमा तीन महिनाका लागि विद्युत सेवा अवरुद्ध, स्यार्पू दह साना जलविद्युतट आयोजनाको पुननिर्माणपछि मात्रै बत्ति बल्ने

andha

रुकुममा तीन महिनाका लागि विद्युत् सेवा बन्द गरिएको छ । जिल्लाको स्यार्पू दह साना जलविद्युत् आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविस तीन महिनाका लागि अन्धकार भएका हुन् ।

विसं २०४४ मा निर्माण भएको जलविद्युत् आयोजनाको जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सुरु गरेपछि विद्युत् सेवा बन्द भएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका कार्यालय प्रमुख रामबहादुर केसीले बताउनुभयो ।

विगत एक वर्षदेखि पुनःनिर्माणको काम सुरु गरेको जाइकाले यसअघि आयोजनाको ड्याम निर्माणको काम सकिएपछि अब नहर मर्मत र मेसिन फेर्ने काम सुरु भएका कारण विद्युत् सेवा बन्द भएको केसीले जानकारी दिनुभयो । जेठको दोस्रो सातासम्म नहरको काम र मेसिन फेर्ने काम सकिने भएकाले त्यसपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउने छ ।

LIVE TV