८ चैत्र २०७२, सोमबार

लामो नाकाबन्दीको कारण बजारमा सामानहरु कम भएको र भएका सामानहरु पनि  ५० प्रतिशत भन्दा महँगो भएको उपभोक्ताहरुको गुनासो

holi

काठमाडौँ- हुन त अरु बेला व्यापारै नहुने भन्ने होइन । तर, होलीको बेला रङहरुको व्यापार उल्लेख्य मात्रामा हुने गर्दछ । होलीको आगमनसँगै शहर बजारमा होलीको चहलपहल निकै बढेको छ । बैशाख १२ गतेको विनासकारी भूकम्प र करिव ६ महिना लामो नाकाबन्दीका कारण बजारमा यस बर्ष होलीका सामानहरु नपाएको र पाएका सामानहरु ५० प्रतिशत महङ्गो भएको उपभोक्ताहरु बताउँछन् ।

हिन्दू परम्परा अनुसार होलीलाई मित्रता साटासाट गर्ने दिनको रुपमा लिइन्छ । होलीको पूर्वसन्ध्यामा राजधानीको असन, बौद्ध, न्यूरोड, कालीमाटी  जताजतै रङ, पिचकरी र  प्लाष्टिकको ब्यापार निकै बढेको छ ।

तर यस बर्षको होलीमा  होलीमा खपत हुने विभिन्न सामानहरु बजारमा निकै कम उपलब्ध भएको छ । करिव ६ महिना लामो नाकाबन्दीको कारण बजारमा सामानहरु कम भएको र भएका सामानहरु पनि  ५० प्रतिशत भन्दा महँगो भएको उपभोक्ताहरुको गुनासो रहेको छ ।

होलीलाई मर्यादित र सभ्य बनाउन पं्रहरीले अनुगमन बढाएपछि गत वर्षको तुलनामा पिचकारीको व्यापारमा समेत कमी आएको छ । विगतका बर्षहरुमा होलीमा बढी प्रयोग हुने निलो, हरियो, ज्याजी, गुलावी, रातो, रङका अबिर प्रति प्याकेट ३० रुपैयाँ देखि ५० रुपैयाँमा विक्री भएकोमा यसपाली यी रङहरु प्रति प्याकेट ५० देखि ७० रुपैयासम्म बचेको व्यापारीहरु बताउछन् ।

अघिल्ला बर्षहरुमा होलीमा प्रयोग हुने विभिन्न रंग,पिचकारी र प्लाष्टिक लगायतका समानहरुको व्यापार निकै बढेको थियो । तर यस वर्ष भने यसको व्यापार तुलनात्मक रुपले घटेको र बजारमा सामानहरुको अभाव समेत भएपछि होलीको रौनकमा पनि कमी आउँने अनुमान गरिएको छ ।

 

 

LIVE TV