८ चैत्र २०७२, सोमबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पारवहन तथा यातायात जस्तो महत्वपूर्ण विषयमा सम्झौता हुनु ऐतिहासिक सफलता भएको अर्थविद् र कूटनीनिज्ञले बताएका छन् ।

pm pm
रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा अर्थविद् डा विश्वम्भर प्याकुरेलले चीनसँग भएको १० बुँदे सम्झौता ऐतिहासिक भए पनि त्यसलाई कार्यान्वयन गर्ने क्षमता नेपाल सरकारले बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउने विषयमा सरोकारवालाले सोच्नुपर्नेमा जोड दिँदै चीनले तरल पदार्थ नदिएसम्म नेपालमा समस्याको समाधान नहुने विचार व्यक्त गर्नुभयो ।

नेपाल, भारत र चीनको उपक्षेत्रीय सङ्गठन निर्माण गरेर नेपालको स्रोत तथा भारत र चीनको पुँजी र प्रविधिको उपयोग गरेर ‘हाइड्रो हब’ बनाउनुपर्ने प्याकुरेलको भनाइ छ ।

oli chinsa

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीनसँगको सम्झौताले हिल्सामा पुल निर्माणपछि मानसरोवर जाने बाटो छोटो हुँदा धार्मिक पर्यटन बढ्ने र पोखरा विमानस्थल नेपालको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । चीनका लागि पूर्वनेपाली राजदूत टङ्क कार्कीले इन्धन आपूर्तिका विषयमा सम्झौता हुन सकेको भए राम्रो हुने थियो भन्दै ढिलो या चाँडो चीनसँग इन्धनसम्बन्धी सम्झौता गर्नैपर्ने विचार व्यक्त गर्नुभयो । रासस

 

LIVE TV