८ चैत्र २०७२, सोमबार

पूर्वको पर्यटकीय शहर धरानमा पूर्वमै पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगिता हुने भएकोछ । पोखरापछि प्याराग्लाइडिङको लागि उपर्युक्त मानिएको धरानको आकाशमा चैत्र दोस्रोसाता एकै साथ एक सयको हाराहरीमा प्याराग्लाइडिङ उड्ने भएका छन् 

Paragliding-1

काठमाडौँ- पूर्वको पर्यटन विकास र प्रर्वद्धन गर्न उद्येश्यले  पूर्वमै पहिलो पटक चौथो माउण्टेन स्पोर्टस् फेस्टिवलअन्र्तगत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा सयभन्दा बढी प्याराग्लाइडिङ धरानको आकाशमा उड्ने भएको हो । राष्ट्रिय खेलकुद परिषद र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एशोसिएशनको  आयोजना, तथा एक्सट्रिम धरानको संयोजनमा चैत १२ र १३ गते धरानमा चौथो माउण्टेन स्पोर्टस्  फेस्टिवलअन्र्तगत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६  हुने भएको हो  ।

२०६७ सालमा पहिलो पटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यवासायिक उडान समेत सुरु भएको छ ।  स्काई एडभेञ्चर प्रालिले गत असोजदेखि धरानमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरेसगै धरानमा साहसिक खेल पर्यटकहरुको आगमन सुरु भएको हो । आगामी चैत १२ र १३ गते धरानमा चौथो माउण्टेन स्पोर्टस्  फेस्टिवलसगै साहसिक खेल पर्यटकको आगमन अझ बढ्ने एक्सट्रिम धरानका अध्यक्ष तथा कार्यक्रममा संयोजक लेखमणि जिमीले जानकारी दिनुभयो ।  प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पोखरामा मात्रै केन्द्रीत प्याराग्लाइडिङलाई पूर्वमा  विस्तार गर्न सहयोग पुग्ने कार्यक्रम संयोजक जिमीले वताए  ।  कार्यक्रममा प्याराग्लाइडिङ कम्पनीहरु र स्वदेशी, विदेशी पाइलटका साथै पर्यटकहरुको पनि चासोसँगै आगमन हुने  धरान र सुनसरी जिल्लासगै  समग्र पुर्वाञ्चलकै लागि पर्यटन विकास र प्रर्वद्धनमा महत्वपुर्ण हुने  संयोजक जिमीको भनाई छ ।  चैत्र १२ गतेदेखि १४ गते सम्म हुने प्रतियोगिताको साहसिक खेलको रुपमा रहेको प्याराग्लाइडिङलाई पूर्वमा स्थापित गराउने संयोजक जिमीले जानकारी  जानकारी दिनुभयो ।

कार्यक्रमले व्यावसायिक प्याराग्लाइडिङको लागि धरान पनि उपयुक्त थलो हो भन्ने प्रमाणित गर्ने तथा यातायात, होटल तथा अन्य व्यापार व्यावसायमा चहलपहल बढ्ने उपेक्षा आयोजकको छ  ।   साहसिक खेल पर्यटनका अन्य विधाको ध्यान पनि धरानमा केन्द्रीत  तथा  धरानको विकास तथा सम्मृद्धिको सम्भावना अब पर्यटनबाट नै सम्भव छ भन्ने अवधारणा सबैलाई बुझाउन पनि यो कार्यक्रम सफल हुने कार्यक्रममा सह संयोजक रोशन अधिकारीको भनाई छ । पर्यटकहरुको चासोलाई ध्यानमा राखेर आयोजना गरिएको भएपनि भविष्यमा धरानलाई साहसीक पर्यटन क्षेत्रको विकास गर्न थप मद्धत पुग्ने नेपाल प्यराग्लाइडिङ एण्ड हेण्डङग्लाइडिङ एसोसिएसनका केन्द्रीय सदस्य समेत रहेको सह संयोजक  अधिकारीले  वताउँनुभयो ।

प्रतियोगितामा स्वदेशी र विदेशी प्याराग्लाइडर (पाइलट) गरी एक सयजनाको  सहभागीता रहनेछ । प्रतियोगितमा पहिलो हुनेले ट्रफि र मेडल सहित नगद २५ हजार रुपैयाँ र दोस्रो हुनेले  ट्रफि र मेडल सहित नगद १५ हजार रुपैयाँ पाउँनेछन् । यस्तै तेस्रो हुनेले ट्रफि र मेडल सहित    नगद १० हजार रुपैयाँ पाउने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV