
बेइजिङ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुभयो ।
सो अवसरमा उहाँहरुबीच सौहार्दपूर्ण रुपमा आपसी हित र सहयोगका विषयमा वार्ता भएको थियो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस