८ चैत्र २०७२, सोमबार

दैलेखको रावतकोटमा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट झण्डै ४ सय जना लाभान्वित भएका छन्  ।

SAM_2766

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले आयोजना गरेको एक दिने निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउँन पाएपछि स्थानीयहरु निकै प्रसन्न भएका थिए ।

हातमा लौरी टेक्दै स्वास्थ्य शिविरमा आई पुगेका रावतकोट ४ का ७७ बर्षिय मनबहादुर बिष्टले गाउमै स्वास्थ्य जाँच र  निःशुल्क औषधी पाएकोमा खुशी हुदै डाक्टरलाई धन्यवाद दिए ।  उनीजस्तै दैलेख सदरमुकाम आउन नसक्नेहरुले गाउँघरमै यसरी संचालनलित शिविरबाट औषधी उपचार पाएपछि निकै प्रसन्नता ब्यक्त गरे ।

दैलेखका रावतकोट,गमौडी,भैरीकालीकाथुम,बासी बडाखोला लगायतका स्थानीय बासिन्दा निशुल्क शिविरमा सहभागी भएका थिए ।  ग्रामीण क्षेत्रका नागरिकहरुलाई स्वस्थ्य उपचार उनीहरुकै घरदैलोमा पुगेर सेवा दिने उद्देश्यका साथ जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र दैलेखले आफ्नो वार्षिक कार्यक्रम अनुसार  शिविर संचालन भएको सहायक प्रमुख जयन्त मण्डलले जानकारी दिए ।

शिविरमा धेरै प्रकारका रोगी आएपनि बाथ रोग,ग्यास्ट्रीक,तल्लो पेट दुख्ने सेतोपानी बग्ने जस्ता बिरामीहरु शिविरमा धेरै आएको डाः सुइरा जोसीले जानकारी दिईन् । उनले मौसम परिवर्तनसंगै बिरामी हुनेको सख्या धेरै आएको बताईन् । शिबिरमा २ स २२ महिला र १ सय ९० भन्दा बिरामीहरुले निशुल्क सेवा पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV