८ चैत्र २०७२, सोमबार

नेपालले संविधान निर्माणमा चालेको कदमको चीन प्रधानमन्त्रीद्धारा प्रशंशा, नेपाली भूमीबाट चीन विरोधी गतिविधि हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता

pm pm

 

काठमाडौँ- नेपालले संविधान निर्माणमा चालेको कदमको चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ख छ्याङबीच बेइजिङमा भएको भेटमा चीनले नेपालको संविधान निर्माणको स्वागत गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो । भेटमा चीनले नेपाललाई संधै आर्थिक रुपमा समृद्धि, स्थायित्व र समाजिक एकतासहितको मुलुकका रुपमा हेर्न चाहेको चीनिया प्रधानमन्त्री ख छ्याङले बताउनुभयो । भेटमा दुई देशका प्रधानमन्त्रीहरुवीच आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो । भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानन्त्री लीलाई ‘विशेष मिसन लिएर चीन आएको’ बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले नेपालको एक चीन नीति दोर्होयाउँदै नेपाल भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले चीनको रेल नेपालसम्म विस्तार गर्न र नेपालभित्र पनि विभिन्न शहरलाई रेलमार्गबाट जोड्न सहयोगको आग्रह पनि गुर्नभयो । यसमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार दाहालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV