८ चैत्र २०७२, सोमबार

चीन र नेपालबीच द्विपक्षीय वार्ता सम्पन्न, दश बुँदे सम्झौता पत्रमा हस्ताक्षर, व्यापार, पारवहन र पेट्रोल उत्खननदेखि सोलार जडानसम्ममा सहमति

PM-Oli-at-china-2-1

काठमाडौँ- प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी लि ख छ्यांगबीच द्विपक्षीय वार्ता भएको छ । द्धिपक्षीय वार्ता लगत्तै बेइजिङमा बिभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको छ ।

दुई देशबीच भएका सम्झौताहरूमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका छन् ।

oli chinsa

चिनियाँ संसद भवन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री नेतृत्वमा दुईपक्षीय औपचारिक वार्तापछि ती सम्झौता तथा समझदारीपत्रमा विभिन्न तहमा हस्ताक्षर भएका हुन् । बहुप्रतीक्षित इन्धन खरिदबारे भने कुनै सम्झौता भएन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV