८ चैत्र २०७२, सोमबार

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच भएको पारवहन तथा यातायात सम्झौतालाई अर्थबिद तथा परराष्ट्रबिदहरुले महत्वपुर्ण उपलब्धि भएको बताएका छन ।

प्रधानमन्त्री केपी ओलीको चीन भंर्मणको क्रममा दुई मुलुकबीच पारवहन,यातायात,स्वतन्त्र ब्यापार सम्झौता,पोखरा बिमानस्थल निर्माणको लागि भएको ऋण तथा अनुदान सम्झौता लगायतको बिषयहरुमा भएको सम्झौता नेपालको आर्थिक विकासको लागि महत्वपुर्ण पक्ष भएको अर्थबिद तथा परराष्ट्रबिदहरुको भनाई छ ।

अर्थबिद तथा परराष्ट्रबिदहरुले चीनसग इन्धन खरीदको सम्झौता किन हुन सकेन भन्दै आश्यर्च ब्यक्त गरेका छन ।

पुर्व राजदुत टँक कार्कीले चीनसँग भएको पारवहन तथा यातायात सम्झौताबाट नेपालको आर्थिक विकासमा नयाँ ढोका खुल्ने बताउदै नेपालको जलस्रोतको विकासमा पनि चीनको सहयोग महत्वपुर्ण हुन सक्ने बताउनु भयो ।

अर्थबिद प्रा डा बिश्वम्भर प्याकुञ्यालले नेपालको चीन सगको ब्यापार घाटा बढ्दै गएको बताउदै चीनले नेपाली निर्यातजन्य बस्तुमा दिएको सुविधालाई नेपालले सदुपयोग गर्न नसकेको बतानु भयो ।

पुर्व राजदुत हिरण्यलाल श्रेष्ठले नेपाल र चीन बीचको पारवहन तथा यातायात सम्झौताले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताउदै नेपालको जलस्रोत विकासमा चिनियाँ लगानी र प्रविधिलाई आर्कषण गर्न सक्नु पर्ने बताउनु भयो ।

नेपाल सरकारले चिनियाँ अर्थतन्त्रबाट फाइदा लिन सक्ने बिषयमा भएको सम्झौतालाई ब्यवहारमा कार्यान्वयन गर्ने तर्फ जोड दिनु पर्ने पुर्वराजदुत तथा अर्थविदहरुको जोड रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV