पाल्पा- जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु एक करोड ७५ लाख राजस्व सङ्कलन गरेको छ ।
सो कार्यालयले घरजग्गा दर्तातर्फ रु एक करोड ६७ लाख ६७ हजार, रातोपूर्जा बिक्रीतर्फ रु रु ३६ हजार, न्यायिक दस्तुर रु २ लाख २१ हजार, रोक्का दस्तुर रु चार लाख ६२ हजार र सेवा शुल्कतर्फ रु दुई लाख १० हजार राजस्व सङ्कलन गरेको हो ।
जिल्ला मालपोत कार्यालयका प्रमुख नवराज बरालका अनुसार पछिल्लो समयमा जिल्लाका विभिन्न गाविसमा विशेष नापी सुरु गरिएको जानकारी दिनुभयो । रासस