
काठमाडौँ- अतिरिक्त भत्ताको माग गर्दै आन्दोलित न्यायसेवाका कर्मचारीहरूले आज पनि देशभरका अदालतहरू ठप्प पारेका छन् ।
५० प्रतिशतसम्म प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चसहित मुलुकभरका अदालतका कर्मचारीहरू हिजोदेखि, विहान १० वजेवाट दिउँसो १ वजेसम्म कामकाज ठप्प पार्दै आएका छन् ।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि आफुहरुको माग सम्वोधन नभएपछि आन्दोलनमा उत्रिनु परेको नेपाल कर्मचारी युनियान संघका अध्यक्ष भरत कुमार मैनालीले वताउनुभयो । उहाँले अझैसम्म पनि आफुहरुका मागका विषयमा सम्वन्धीत पक्षले वास्तै नगरेको जानकारी दिनुभयो । अध्यक्ष मैनालीले आफुहरुका माग सुनुवाइ भएन भने थप कडा खालका आम्दोलन गर्ने चेतावनी समेत दिनुभयो । कर्मचारीले आन्दोलनको काम प्रभावित बनाएपछि सयौं सेवाग्राही मर्कामा परेका छन् ।