८ चैत्र २०७२, सोमबार

चलचित्र ‘जिस्म’ यूनिटलाई कास्की प्रहरीले छायांकन स्थलबाटै समातेको छ । चलचित्र विकास बोर्डबाट कुनै इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो । अहिले उनीहरुलाई पोखराको रामबजार चौकीमा राखिएको छ । निर्देशक राजु गिरीका अुनसार चलचित्र विकास बोर्डले सीडीओ कार्यलयमा पत्र पठाएको आधारमा प्रहरीले आफूहरुलाई समातेको बताए । राजुले आफूसहित चलचित्रकी मुख्य कलाकार अर्चना पनेरु र अन्य २० जना चलचित्र यूनिटलाई प्रहरी कार्यलयमा राखिएको छ ।
निर्देशक गिरीले अर्चना पनेरुले पोर्नस्टार बन्छु भन्दैमा उ पोर्न स्टार नहुने बताए । उनले बोर्ड अध्यक्षको दादागिरी भन्दै यसको विरोध गरेका छन् । प्रहरीले चलचित्र यूनिटलाई अब जिल्ला प्रशासन कार्यलय, कास्कीमा वुझाउने तयारी गरेको छ । चलचित्र विकास बोर्डले पठाएको पत्रमा इजाजतका लागि अनुमती मागिएपनि कलाकार र बिषयवस्तु हेर्दा इजाजत दिन उचित नभएकाले नदिएको उल्लेख छ । तर, इजाजत विना नै चलचित्रको छायांकन पोखराका विभिन्न क्षेत्रमा गरिएकाले बोर्डले जिल्ला प्रहरी कार्यलय, कास्कीसाग सहयोग मागेको थियो । सोही आधारमा प्रहरीले उनीहरुलाई प्रहरी कार्यलय बोलाएको हो ।
001 sarad

raju archana

archana wd raju
उनले आफूले १३ हजार ५ सय वुझाएर चलचित्रको कथा पनि वुझाएको बताउँदै बोर्ड अध्यक्षले अधिवेशन छ भन्दै टारेको आरोप लगाए । यता, विकास बोर्ड अध्यक्ष राजकुमार राइले भने पोर्नस्टार बन्छु भन्ने एक यूवतीलाई लिएर चलचित्र बनाएको भन्दै इजाजत नदिएको र आफूहरुको इजाजत विना नै चलचित्र छायांकन सुरु गरेकाले प्रहरी लगाएर पक्राउ गरेको बताए । ५० प्रतिशत दृश्य खिचिइसकेको चलचित्रलाई अब रोक्ने या अगाडि बढ्न दिने भन्ने बिषयमा कुनै टुंगो लागेको छैन । बोर्डले आफूहरुको इजाजत विना नै छायांकनमा गएका चलचित्रलाई रोक्ने र सामान समेत जफत गर्न सक्नेछ ।

arachana

प्रतिक्रिया दिनुहोस्

LIVE TV