
उदयपुर, चुरे क्षेत्र आसपासका नदीनाला क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासीमा सरकारले थप कडाइ गरेको विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले बताउनुभएको छ ।
![la1fg tyf jftfj/0fdGqL ljZj]Gb| kf;jfg dWok'/ l7dLdf l;j8{ OG6/g]zgn sn]hn] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;](https://i0.wp.com/www.news24nepal.tv/wp-content/uploads/2016/03/Mantri-Paswan-2-350x221.jpg?resize=507%2C320)
मन्त्री पासवानले भन्नुभयो, “यदि कसैले चुरे क्षेत्र आसपासबाट गिट्टी, बालुवा तथा ढुङ्गा मनपरी ढङ्गले निकालेर दुरुपयोग गर्छ भने तिनीहरुमाथि तुरुन्त कारबाही हुन्छ ।”
यस्ता सामग्री इन्जिनियर तथा प्रविधिज्ञले तोकेको स्थानबाट सामान्य बेल्चा प्रयोग गरेर मात्र निकाल्न पाइने नीति सरकारले लिएको जानकारी दिँदै उहाँले क्रसर उद्योग सञ्चालन गरी चुरेको प्राकृतिक पर्यावरण बिगार्नेमाथि सरकारले कडा कारबाही गर्ने दृढता प्रकट गर्नुभयो ।
स्थानीयवासीले चुरे क्षेत्र आसपासका नदीनालाबाट गिट्टी, बालुवा निकासी गर्न पाउनुपर्ने माग गर्दै आइरहेका बेला मन्त्री पासवानको यस्तो भनाइ आएको छ ।
मन्त्री पासवानले मधेसी दलको धेरै माग पूरा भएको र पूरा नभएको भए संसदीय प्रक्रियाबाट संविधान संशोधन बाटो अवलम्बन गर्न सुझाव पनि दिनुभयो । रासस