८ चैत्र २०७२, सोमबार

नेपाली श्रोताको ईच्छा अनुसारका गीतहरु समाबेश गरीएको गीति एल्बम‘स्वरान्तर’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘स्वरान्तर’ एल्बम बिमोचन गरिएको हो । सार्वजनिक गरीएको एल्बम ‘स्वरान्तर’ मा जम्मा ५ वटा गीतहरु समाबेश गरीएको छ । समाबेश गरीएका ५ गीतमा एउटा राष्ट्रिय गीत पनि रहेको छ । गीतको बोल ‘जननी जन्म भुमिश्च…’ रहेको छ । उक्त राष्ट्रिय गीतलाई गीतकार घनश्याम खड्काले लेखेका हुन् । बाँकी चार गीतहरु भने लभ सङ्ग रहेका छन् ।

vlcsnap-2016-03-21-12h47m10s843
सार्वजनिक गरिएका सबै गीतहरुमा सानुबाबु महर्जनको एकल सुमधुर स्वर रहेको छ । त्यस्तै संगीत भने जुगल ढंगोलले एकल रुपमा दिएका छन् । ‘स्वरान्तर’ एल्बममा घनश्याम खड्काको साथै डा.कृष्णहरी बराल, उमेश पौडेल,सुनिल संगम,दुर्गालाल श्रेष्ठको गीतहरु समाबेश गरीएका छन् ।

vlcsnap-2016-03-21-12h48m09s340vlcsnap-2016-03-21-12h49m35s180

प्रतिक्रिया दिनुहोस्

LIVE TV