८ चैत्र २०७२, सोमबार

अपिल विष्टको निर्देशकीय डेब्यू फिल्म ‘झुम्की’ले आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । रिलिज पोस्टरमा कबड्डी फेमकी रिष्मा गुरुङ्, दयाहाङ् राई र मनोज आर सी छन्। फिल्मको ‘झुम्की’ पात्र भनेर चिनाइएकी अर्की अभिनेत्री मलिना जोशी भने फस्ट लुकमा छैनन् ।

jhumki

झुम्की’ मा दया, मलिना, रिश्मा तथा मनोज आरसीका अलावा मनोज रविन्द्र सिंह बाँनिया, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, विजय बराल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । प्रेम कथा रहेको फिल्म ‘कबड्डी’ तथा ‘कबड्डी कबड्डी’ निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। शैलेन्द्रध्वज कार्कीले खिचेको फिल्ममा द्धन्द भने अष्ट महर्जनको रहेको छ। फिल्म आगामी भदौ ९ गते रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV