८ चैत्र २०७२, सोमबार

केही महिना अरवाज खान र मलाइका अरोडाकोबीच सम्बन्ध विच्छेद हुने हल्लाले नकै चर्चा पायो । तर यस विषयमा दुबै जनाले बोल्न मानेका छैनन् । अमेजन इन्डिया फेशन विक विन्टर फेस्टिम सीजन २०१६ मा सहभागी हुन आएकी मलाइकालाई यस विषयमा प्रश्न राख्दा उनले कुनै जवाफ दिन मानिनन् ।

Malaika+Arora+Khan+Marrakech+International+on3Z5lhlU8Ml

४२ वर्षी मलाइकायहाँ डिजाइनर मन्दिरा रिकाका लगि र्याम्पमा वाक गर्दै गरेको अवस्थामा देखिइन् । ब्लेक एन्ड बेज गाउनमा उनी र्याम्पमा मुस्कुराईरहेकी थिइन् । तर अरवाज खानका विषयमा सोधिएपछि उनले कुनै प्रतिक्रिया दिइनन् । पछिल्ला दिनमा अरवाज खान र उनको सम्बन्ध बिग्रिएको खबरले भारतीय सञ्चार माध्यममा चर्चा पाएको छ । मलाइकाको अर्कै पूरुषसँग अफेयर चलेको थाहा पाएपछि अरवाजले उनलाई छाड्न चाहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समयअघि अरवाजका बाबु सलिम खानलाई यस विषयमा पत्रकारहरुले प्रश्न राख्दा उनले कसैको निजी जीवनमा दख्खल दिन नचाहेको प्रतिक्रिया दिएका थिए । अरबाज खानले मलाइकासँग डिर्भोसका लागि अदालतमा निवदेन दिएको समाचार पनि बाहिर आएको छ । उनीहरुबीच १८ वर्षअघि विवाह गरेको थियो । उनीहरुको छोरा अरहान १३ वर्षको भइसकेका छन् ।

latest-pics-of-malaika-arora-khan

प्रतिक्रिया दिनुहोस्

LIVE TV