७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  स्वस्थ जीवनका लागि स्वस्थ मुख भन्ने नारासहित विश्व मुख स्वास्थ्य दिवस मनाइयो । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

brushing-teeth

दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने बिशेषज्ञहरुले बताएका छन्  । दांत तथा मुखको समस्या भएका बिरामी ग्रामिण भेगमा अत्याधिक भएकाले ग्रामिण भेगका स्वास्थ्य संस्थामा दाँत चिकित्सकको दरबन्दी राख्न जरुरी रहेको दन्त चिकित्सकहरुको भनाइ छ । दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएकोप्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।

चिकित्साशास्त्रमा गरिएको अनुसन्धान अनु्सार मानिसलाई हुने शारिरीक समस्याहरुमध्ये मुख तथा दाँत सम्बन्धी समस्याहरु बढी पाइएको छ । तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने दाँत तथा मुख रोग विशेषज्ञ डा सोभित मास्केले बताउनुभयो ।

दांँत रोगीहरु ग्रामिण भेगमा बढी भएकोले सरकारले दन्त चिकित्सकहरुको दरबन्दी सृजना गरी कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त चिकित्सकहरु पुयाउनुपर्ने तथा नेपालका सबै हेल्थ पोष्टसम्म डेन्टल हाइजेनिष्टहरु पु¥याउन सके मुख तथा दन्त स्वास्थ्य सम्बन्धि सचेतना अभिबृद्धि, गर्न सकिने दन्त चिकित्सकहरुको भनाइ छ

दाँत तथा मुख स्वस्थ राख्न बिहान बेलुकी खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, अरु बेला पनि केही खाएपछि कुल्ला गर्ने तथा हरियो सागपात र रेसादार फलफूल तथा तरकारी समावेश सन्तुलित खाना खानुपर्ने चिकित्सकको सुझाव छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV