७ चैत्र २०७२, आईतवार

दाङमा महिलामाथि हुने हिंसाका घट्नाहरुमा वृद्धि भएको छ । पछिल्लो समय शिक्षित परिवार भित्रै वढि महिला हिसा हुने गरेको पाइएको छ । जिल्लामा रहेका विभिन्न अधिकार तथा हिसा काउन्सीलिङ निकायहरुमा दर्ता भएका  महिला हिसाका घटनाहरुले शिक्षित परिवारमै बढी हिंसा भएको देखिएको छ । जिल्लामा अहिले वार्षिक रुपमा ४ सय बढि महिला हिसाका घटना हुने गरेको पाइएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाका निकाय तथा प्रहरी निकायमा दर्ता भएका घटनाहरुमा आधा भन्दा वढि घटना शिक्षित परिवारमा नै हुने गरेका देखिएको छ । परामर्शदाताहरुका अनुसार पनि शिक्षित परिवारकै बुहारीहरुमा बढी हिंसा हुने गरेको पाइएको छ । परामर्शदाता राधा पौडेलले बुझने र शिक्षितहरुले प्रमाण नहुने गरि मानसिक हिंसा वढि दिने गरेका छन् । गरिव र अशिक्षित परिवारमा कुटपिटको घरेलु हिसा भएको भए पनि शिक्षित र प्रतिष्ठित व्यक्तिहरुले मानसिक तनाव वढि दिने गरेका घटनाहरुमा वृद्धि भएका छन् । यस्ता घटनाहरु दैनिकजसो जिल्लामा भइरहेको सरकारी स्तरवाट जिल्लामा सञ्चालित ओसिएमसीका परामर्शदाता नर्स राधा पौडेलले बताउँनुभयो । उहाँले जिल्लामा हुने २० प्रतिशत वढि हिंसाहरु शिक्षित परिवार र लिभिङ टुुगेदरमा बसिरहेकाहरुबाट भइरहेको  बताउँनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती उपक्षेत्रीय अस्पतालमा स्थापना गरेको ‘अस्पतालमा आधारित लैङगिक हिसा समबन्धी  एकद्धार संकटासंन्न व्यवस्थापन कार्यक्रम’का परामर्शदाता पाडेलले ३ वर्षदेखि जिल्लामा सञ्चालन भएको परामर्श कार्यक्रममा हिंसाका विभिन्न प्रकृतिका पीडितहरु सेवाका लागि आउने गरेको बताउँनुभयो । उहाँले तीन वर्षको अवधीमा न्याय र परामर्शका लागि अस्पतालमा आठ सय ४४ जनाले हिंसाको घटना दर्ता गराएको बताउँनुभयो । जसमा सबै भन्दा वढि घरेलु हिसाका घट्ना बढी छन् ।  जिल्लामा मानसिक हिंसा, आर्थिक हिंसा, वालविवाह, बहुविवाह, अंश, कुटपिट लगायतको हिंसा हुने गरेको छ । त्यस्ता हिंसामा जिल्लामा रहेका सरकारी कर्माचारी, प्रष्ठित व्यापारी, उद्योगी, समाजका अगुुवा तथा न्याय क्षेत्रका व्यक्तिहरुको समेत संलग्नता रहेको पाइएको छ ।

उजुरी आएका घट्नामध्ये ८० प्रतिशत उजुरी विशेष काउन्सीलिङ मार्फत समाधान गरिएको परामर्शदाताहरुले बताए  । हिंसाका घट्ना बढेपछि राप्ती उपक्षेत्रीय अस्पतालका दुुईजना नर्सहरुलाई अहिले सरकारले नै ओसिएमसीको लागि खटाएर विशेष युनिट समेत स्थापना गरेको छ । यस्तै जिल्ला प्रहरी कायालय दाङले महिला हिंसा रोक्न विशेष सक्रियता बढाएको छ । जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले प्रहरीमा यस वर्ष हालसम्ममा महिला हिंसाका ४८ उजुरी परेको जानकारी दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV