७ चैत्र २०७२, आईतवार

बाँडीचुडी खानकै लागि कांग्रेस सरकारमा सहभागी नहुने सभापति देउवाको भनाई, संविधान कार्यान्वयनका लागि कांग्रेस सरकारमा आउनै पर्ने एमाले महासचिव पोखरेलको ठहर

Ishwar-pokhrel-Lamjung1Sher_Bdr_Deuba

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तामा सहभागी नहुने बताइरहदाँ सत्तारुढ एमालेले भने संविधान कार्यान्वयनका लागि सत्तापक्ष र प्रतिपक्ष बन्नु भन्दा एकजुट भएर अघि बढ्नु पर्ने दावी गरेको छ । बृहत शान्ति सम्झौताका मुल पात्र गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा काठमाण्डौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका महासचिव इश्वर पोखरेलबीच सत्ताका विषयमा जुहारी नै चल्यो ।

नेपाली कांग्रेसका सभापति देउवाले बाँडिचुडी खानकै लागि आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने उदघोष गर्नुभयो भने एमाले महासचिव इश्वर पोखरेलले देश संक्रमण कालमै रहेकाले र संविधान कार्यान्वयनका लागि सत्तापक्ष र प्रतिपक्षमा वस्नुभन्दा काँग्रेसलाई सरकारमा सहभागि हुन आग्रह गर्नुभयो ।

कांग्रेस सभापति देउवाले कुनै विशेष परिस्थितिमा राष्ट्रिय सरकार गठन औचित्यपूर्ण हुने भन्दै अहिले केवल बाँडिचुँडी खानका लागि सरकारमा जान कांग्रेस इच्छुक नरहेको प्रष्ट पार्नुभयो । सभापति देउवाले मधेस समस्या र प्रदेश सीमांकन अहिलेको प्रमुख समस्या रहेको र समस्या समाधान गरेपछि मात्रै देशमा स्थायी शान्ति र स्थिरता आउने पनि बताउनुभयो ।

एमालेका महासचिव पोखरेलले संविधान कार्यान्वयन र तराई मधेस समिस्या समाधान लगायतका समस्या समाधान गर्न नेपाली काँग्रेस सरकारमा सहभागि हुनुको विकल्प नभएको वताउनुभयो ।

महासचिव पोखरेलले राष्ट्रिय मुद्दाहरुमा प्रमुख दलहरुबीच  सहमति र सहकार्य अनिवार्य भएको स्पष्ट पार्नुभयो ।

 

 

LIVE TV