७ चैत्र २०७२, आईतवार

पाकिस्तान उद्धार टोलीले शनिबार गएको हिम पहिरोमा परी बेपत्ता भएका दुई विद्यार्थीको शरीरलाई मृत अवस्थामा आइतबार उद्धार गरेको छ भने नौ जना अझै बेपत्ता रहेका छन् ।

him
पाकिस्तानको खाइबर पाख्तुन्ख्वा प्रान्तको उत्तरी गाउँ सुसोममा आएको हिम पहिरोमा परी हराएका उनीहरुको खोजी कार्य जारी रहेको स्थानीय प्रहरी प्रमुख सुल्तान बाइगले एएफपीलाई बताउनुभएको छ ।

मृतक दुवै विद्यार्थी स्थानीय एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् थिए ।

पहिरोमा बेपत्ता भएका पाकिस्तानी अन्य नागरिकको खोजी जारी भए पनि उनीहरु विगत २० घण्टादेखि हिम पहिरोमा बेपत्ता भएकाले उनीहरुलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको प्रहरीले बताएको छ ।

पाकिस्तानको उत्तरी क्षेत्रमा गएको मार्च ९ मा आएको भारी वर्षाका कारण पहिरो तथा हिमपहिरोमा परी यसयता कम्तीमा ८६ जनाको मृत्यु र १०१ जना घाइते भएको राष्ट्रिय प्राकृतिक विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV