
स्पेनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
बार्सिलोनामा आयोजित आतीशबाजी महोत्सवमा सरिक भई फर्किरहेको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।
बार्सिलोना र भ्यालेन्सियाको बीच बाटोमा पर्यटकीय विद्यार्थी बोकेको बस बाटो छेउको रेलिङमा ठोकिएपछि बस पल्टेको थियो ।
दुर्घटनामा मृत्यु हुने कुन देशका नागरिक थिए भन्ने खुलेको छैन । (एजेन्सी)