
काठमाडौँ- आइतबार देखि सरकारले विदेशमा रहेका नेपालीहरुले लगानी गर्न मिल्ने बैदेशिक रोजगार बचतपत्र निष्काशन सुरु गरेको छ । चालू आर्थिक वर्ष्भित्रै ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको हो ।
चालू आर्थिक वर्ष्भित्रै ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरिसकेको सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । बचतपत्रमा लगानी गर्नेले वार्षिक प्रतिशत ब्याज पाउँछन् । अहिले बैंकहरुले निक्षेपमा ३र४ प्रतिशत ब्याज दिइरहेका बेला ९ प्रतिशतको ब्याज निकै आकर्षक हो ।
ब्याजको भुक्तानी भने हरेक ६र६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको चार महिना ननाघेकाहरुले बचतपत्रमा घटीमा ५ हजार रुपैयाँदेखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने छन् । आइतबारदेखि यही चैत २४ गतेसम्म विभिन्न स्थानमा आवेदन दिनुपर्ने छ । र, सरकारले चैत २९ गते निष्काशन गर्नेछ । २०७७ चैत २९ गते सावाँ भुक्तानी गरिनेछ ।
राहदानी, कार्यरत मुलुकको भिसा, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्र, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचरसहित आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । परिवारका सदस्यका नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपीसहित आवेदन दिनुपर्ने राष्ट बैंकले जनाएको छ ।