७ चैत्र २०७२, आईतवार

बर्दिया, नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड भोलि बर्दिया भ्रमणमा आउनु हुने भएको छ ।

Prince-Harry-at-patan
बर्दियामा अवस्थित राष्ट्रिय वन्यजन्तु निकुञ्जको अवलोकन गर्नुका साथै उहाँले खौराहा खोलामा जलयात्रासमेत गर्नुहुने कार्यक्रम रहेको निकुञ्ज प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ ।

सोही अवसरमा राजकुमार ह्यारीले जङ्गलयात्रा, सूर्यपटुवा गाविसको जैविकमार्गमा रहेको थारु घरबास (होमस्टे)को समेत अनुभव सँगाल्नुहुनेछ । थारु होमस्टेमा रहँदा उहाँले थारु नाच र संस्कृतिको अवलोकन गर्नुहुनेछ ।

पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको २०० वार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आउनुभएको हो । रासस

 

LIVE TV