७ चैत्र २०७२, आईतवार

काठमाडौँ- हाम्रो देशको चर्चित ऐतिहासिक राजनैतिक पात्रको नामको टाइटलमा निर्माण गरीएको फिल्म जंगेको ट्रेलर रीलिज गरीएको छ ।

JANGE6

फिल्मले राजेनैतिक बिषय बस्तुमा भएको द्धन्धलाइ पर्दामा प्रस्तुत गरेको छ ।पत्रकार सामु फिल्मको युनिटले फिल्मको ट्रेलर सार्बजनिक गरेका हुन ।फिल्ममा सुरज शिंह ठकुरी,ऋचा शर्मा , शिखा शाही,नरेष पौडेल,अनुप बराल,नाजिर हुसेन,सुसिल पाण्डे,जो एस पाण्डे लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।

JANGE 8

सार्बजनिक गरीएको फिल्मको ट्रेलरमा नायक सुरज लाइ एक्सन प्रधान भुमीकामा देखाइएको छ भने नायिका द्धयको ग्ल्यामर लाइ कुशलता पुर्बक फिल्ममा प्रस्तुत गरेको दखीन्छ ।

JANGE1

फिल्मलाइ उत्कल थापाले निर्देशन गरेका हुन ।निर्देशक उत्कल हाल बिदेशमा रहेको हुनाले उनले भिडियो मेसेज मार्फत फिल्मको बारेमा प्रस्टाउनुका साथै पत्रकारहरुको साथ र सहयोगको लागि धन्यबाद पनि दीएका थिए ।फिल्मका निर्माता शुसन प्रजापति हुन ।फिल्ममा शुशनले छायाँङ्कनको जिम्बेवारी पनि सम्हालेका छन ।

JUNGE2

फिल्ममा सुवास कोइराला र एमएस अग्रजको पटकथा संवाद, उज्जवल ढकालको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, अल्मोडा राना उप्रेतीको संगीत छ ।

JANGE4

एभ्याना प्रोडक्सन र आइडिया एन इमेजको संयुक्त प्रस्तुती रहेको जंगे लाइ बैशाख सत्रमा रीलिजको तयारी निर्माण पक्षले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV