
स्थानीय बासिन्दको आर्थिक सहयोग तथा श्रम दान , सासद बिकास कोष अन्तरगत सासद डा प्रकाशशरण महतको ले प्रदान गर्नुभएको रकम र बाह्य सहयोग बाट बिद्यालय भबन निर्माण
नुवाकोटको महाकाली गाउबिकास समितिको सिलामीका स्थानीय बासिन्दाले पक्कि बिद्यालय भबन निर्माण गरेका छन् ।
जानकी माध्यामिक बिद्यालयको स्बर्ण महोत्सब समेत मनाउदै पक्कि भबन निर्माण गरेका हुन् । स्थानीय बासिन्दको आर्थिक सहयोग तथा श्रम दान , सासद बिकास कोष अन्तरगत सासद डा प्रकाशशरण महतको ले प्रदान गर्नुभएको रकम र बाह्य सहयोग बाट बिद्यालय भबन निर्माण भएको हो ।
समारोहमा डा महतले स्वर्ण महोत्सब समारोह तथा निर्माण सम्पन्न भएको भबनको उद्घाटन र थप नया भबनको सिलन्यास गर्नुभयो ।कार्यक्रममा महतले सबिधानलाई कार्यन्वयनमा लैजान सबै पक्ष जिम्मेबार हुनु पर्ने उल्लेख गर्दे आर्थिक बिकासले मात्र मुलुक समृद्धबाटोमा लाग्ने बताउनुभयो ।