काठमाडौँ- साताको पहिलो दिन आइतबार सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आइतवार सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै आइतवार तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । पछिल्लो समय डलरमा आएको उत्तारचढावको कारण नेपाली बजारमा सुनमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ७ सय ४५ मा कारोबार भएको चाँदीको भाउ आज आइतबार ६ सय ३५ रुपैयाँ कायम भएको छ ।