७ चैत्र २०७२, आईतवार

काठमाडौँ- सरकारले चालु आर्थिक पुँजी बजारको संस्थागत विकास गर्न र दोस्रो बजार व्यवस्थित गर्न नागरिक लगानी कोषलाई क्रियाशील बनाइने घोषणा गरेको छ । बजेट सार्वजनिक भएको झण्डै १० महिनापछि नेपाल धितोपत्र बोर्डले त्यसको कार्यान्वयनका लागि पहल सुरु गरेको छ ।

dhito-patra-board

बोर्डले नागरिक लगानी कोषलाई दोस्रो बजार निर्माताको रुपमा भित्र्याउन आवश्यक प्राविधिक पक्ष सुधारका लागि समिति नै गठन गरेको छ । समितिले नेपाल स्टक एक्चेन्जको अहिलेको कारोबार प्रणाली ट्रेडिङ सिस्टमको प्राविधिक पक्षको अध्ययन गरी एक महिनाभित्रमा बोर्डलाई प्रतिवेदन पेश गर्नुपर्ने जनाएको छ ।  नेप्सेको कारोबार प्रणालीको सुधार गरेर कोषलाई बजारमा मार्केट मेकर वा संस्थागत लगानीकर्ताको रुपमा भित्र्याउन सकिने छ । नेप्सेको ट्रेडिङ सिस्टममा केही सुधार गरेर मार्केट मेकर दिन सकिने बोर्डले जनाएको छ । एक महिना अध्ययन गर्ने र अध्ययन प्रतिवेदनमा उठाइएका विषयमा दुई महिनाभित्रमा काम गरेर बजारमा कोषलाई नयाँ रुपमा भित्र्याउने सोच बोर्डको रहेको छ ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ मा नै बजार निर्माताबारे स्पष्ट व्यवस्था गरिएको छ । नियमावलीअनुसार बजार निर्माताले आफ्नो नामबाट धितोपत्र खरीद वा बिक्री गर्न सक्नेछ । यस्तै धितोपत्र खरीद तथा बिक्री दुवै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरीद वा बिक्री गरी बजार निर्माताको रुपमा काम गर्न सक्नेछ । धितोपत्रको अन्डर राइटिङ गर्ने अधिकारसमेत बजार निर्मातालाई दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV