७ चैत्र २०७२, आईतवार

काठमाडौँ- अतिरिक्त भत्ताको माग गर्दै कर्मचारीहरूले देशभरका अदालतहरू ठप्प पारेका छन् ।

suprime-court-adalat-naya

५० प्रतिशतसम्म प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चसहित मुलुकभरका अदालतका कर्मचारीहरू विगत केही दिनदेखि आन्दोलनमा थिए ।

आज अदालत खुल्नु अगावै कर्मचारीहरूले अदालत ठप्प पारेको राष्ट्रिय कर्मचारी संगठनका हरि भट्टराईले बताउनुभयो । आज बिहान ९ बजेदेखि अतिरिक्त काम गर्दै आए पनि सरकारले दिने भनेको प्रोत्साहन भत्ता नदिएपछि आन्दोलनमा उत्रिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV