७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  काभ्रेको दाप्चामा पेस्तोलको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काशीखण्ड नगरपालिका २ का प्रतीश तामाङ छन् ।

GUN

स्थानीय अरूण लामाको साथमा रहेको कटुवा पेस्तोलको गोली लागेर उनको मृत्यु भएको हो ।

अरूणलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ । प्रतिश र अरूण फुलबारी जंगलमा कालीज मार्न भनेर गएका थिए । जंगलमा बाघ आएर भाग्ने क्रममा आफै पड्किएर प्रतीशलाई गोली लागेको अरूणले प्रहरीलाई बयान दिएका छन् ।

LIVE TV