७ चैत्र २०७२, आईतवार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् घनिष्ठ सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

/fi6«klt e08f/L;Fu Xof/Ln] e]6jftf{
/fi6«klt ljBfb]jL e08f/L;Fu /fi6«klt ejg zLtn lgjf;df g]kfn e|d0fdf /xg'ePsf a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ n] cfOtaf/ lzi6frf/ e]6jftf{ ug'{x'Fb} . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

राष्ट्रपति भण्डारीसंगको भेटमा राजकुमार ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतकी महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताउनुभयो । उहाँले विपदको समयमा पनि नेपालीको अनुहारमा हाँसो देख्दा विपद्मा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको आफुले अनुभूत गर्न पाएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पु¥याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

LIVE TV