७ चैत्र २०७२, आईतवार

काठमाडौँ-  राष्ट्रिय गौरवका आयोजना अन्र्तगत रहेका निजगढ अन्र्तराष्ट्रिय विमानस्थल र फ्रास्ट ट्राक आन्तरिक स्रोतवाट नै निर्माण गर्न अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ

sansadh

व्यवस्थापिका संसद अन्र्तगतको समितिको बैठकले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल र काठमाडौं एवं तराई जोड्ने फ्रास्ट ट्राक आन्तरिक स्रोत जुटाई निर्माण गर्दा नै मुलुकको हितमा हुने निष्कर्ष निकालेको छ । समितिको बैठकमा धारणा राख्ने अधिकांस समिति सदस्यहरुले लामो समयसम्म विदेशीको मुखताक्दा यी महत्वपूर्ण आयोजनाहरु अलपत्र पर्दै आएको भन्दै सरकारले नै अग्रसरता लिनुपर्ने बताएका थिए । नेपालमा ठूलो आयोजना ओगटेर बस्ने तर काम नगर्ने प्रवृत्ति दाताहरुको बढ्दै गएको भन्दै समितिले अव जनतालाई लामो समयसम्म प्रतिवद्धता मात्र गरेर नपुग्ने निष्कर्ष निकालेको हो । समिति सभापति प्रकाश ज्वालाले आर्थिक स्रोत जुटाउने देखि जग्गा अधिग्रहण, जनशक्ति व्यवस्थापनसहित कार्यहरु तत्काल शुरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

बैठकमा सरकारको लाचारी र दाताहरुको आयोजना ओगट्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना भएपनि निजगढ अन्र्तराष्ट्रिय विमानस्थल र काठमाडौं तराई फ्रास्ट ट्राक लामो समयदेखि आकाशको फल आखाँ तरी मर जस्तै भएको समिति सदस्यहरुले आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV