७ चैत्र २०७२, आईतवार

चिनिया लगानी र व्यापार आदानप्रदानमा भ्रमण लाभदायक हुने प्रधानमन्त्रीको भ्रमणमा सहभागी उद्योगी व्यवसायीको भनाई, चिनिया लगानी प्राथमिकतामा

KP-oli-China-Visit.jpg1_

 

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योगी व्यवसायीहरुको टीम पनि सहभागी भएको  छ । विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्रीको टोलीले आर्थिक एजेन्डाका बारेमा कुराकानी गर्न व्यवसायीहरुलाई चीन भ्रमणमा लागिएको हो ।

भ्रमणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको चीन भ्रमणमा आफुहरुले चिनिया लगानी भित्रयाउने सन्दर्भमा कुराकानी गर्ने बताउनुभयो ।

सार्क चेम्वर अफ कमर्सका अध्यक्ष सुरज बैद्यले चीन चेम्वर अफ कमर्ससंग लगानी र व्यापार आदान प्रदानका विषयमा छलफल हुने बताउनुभयो ।

नेपाल ब्रोडकास्टिङ च्यानल प्राइभेट लिमिटेडका अध्यक्ष अनिल जोशीले चीन भ्रमणका क्रममा आर्थिक समुन्नतीका लागि चिनिया उद्योगी व्यवसायीसंग छलफल गरिने बताउनुभयो । उहाँले नेपाली मिडियामा नयाँ प्रविधि भित्रयाउने सन्दर्भमा पनि चिनिया व्यवसायीहरुसंग सम्वाद गर्ने जानकारी पनि दिनुभयो ।

एभिन्युज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले चीन भ्रमणमा नीजि क्षेत्रले नयाँ लगानीमैत्री वातावरणका विषयमा छलफल हुने बताउनुभयो ।

हिमालयन टेलिभिजनका अध्यक्ष ललित अग्रवालले चिनिया लगानी नेपाल भित्रयाउन पहल गरिने जानकारी दिनुभयो ।

उद्योगी व्यवसायीको टोलीमा सतीशकुमार मोर, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र आङछिरिङ शेर्पा छन् । त्यसैगरी ज्ञानेन्द्रलाल प्रधान, ज्योत्सना श्रेष्ठ, बसन्त मिश्र, लोकमान्य गोल्छा, राजेशकाजी श्रेष्ठ, त्रिभुवन तुलाधर, सुरेशमान प्रधान, अशोकसमशेर राणा र प्रसिद्धबहादुर पाण्डेलगायत व्यवसायी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV