७ चैत्र २०७२, आईतवार

अमेरिकाको राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रमबिरुद्ध न्युर्योकमा प्रदर्शन, ट्रम्पका कारण राष्ट्रपतीय निर्वाचन नै अप्ठेरोमा परेको रिपब्लिकन पार्टीकै नेताहरुको आरोप

trump-rally-iowa-2

अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा रहेका डोनाल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा विरोध प्रदर्शन भएको छ । आफुलाई उम्मेदवार नबनाए दंगा फैलन सक्ने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि ट्रम्पको व्यापक विरोध सुरु भएको छ ।

ट्रम्पको अभिव्यक्तिका कारण ठाउँ ठाउँमा भीडन्तसमेत भइरहेका छन् । न्यूयोर्कस्थित कोलम्बस सर्किलमा रहेको ट्रम्प टावर अगाडि एक हजार भन्दा बढी प्रदर्शनकारीहरुले उनीविरुद्ध व्यापक नाराबाजी गर्दै नारा लगाएका छन् । डोनाल्ड ट्रम्पका गतिविधिका कारण अमेरिकी राष्ट्रपतीय निर्वाचन अफ्ठ्यारो स्थितीमा पुगेको उनको आफ्नै पार्टीका नेताहरुले बताउन थालेका छन् । उता एरिजोना राज्यको फोनिक्सनजिक ट्रम्पको ¥याली गर्ने कार्यक्रम तय भएकामा केही प्रदर्शनकारीले ट्रम्पविरुद्ध प्रदर्शन गर्दै राजमार्ग नै अवरुद्ध गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा प्रहरीले दर्जनौंलाई पक्राउ गरेको छ । ट्रम्पका समर्थकहरुले विरोध प्रदर्शनमा उत्रेकाको प्रतिकार गरेका छन् । ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नाविरुद्ध डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले षड्यन्त्र रच्न थालेको बताएका छन् । यसअघि पनि शिकागोमा यस्तै विरोध भएपछि ट्रम्पले आफ्नो कार्यक्रम रद्ध गर्नु परेको थियो ।

 

 

 

LIVE TV