७ चैत्र २०७२, आईतवार

इजिप्टको द्वन्द्वग्रस्त सिनाई प्रायद्विपमा गराइएको आक्रमणमा १३ प्रहरीको मृत्यु, बिद्रोही संगठन आइएसले लियोे आक्रमणको जिम्मेवारी

World_2015_1

इजिप्टमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परेर १३ जना प्रहरीको ज्यान गएको छ । इजिप्टको द्वन्द्वग्रस्त सिनाई प्रायदिपमा आइएसले गरेको मोटार आक्रमणमा परि प्रहरीको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् ।

सिनाईको एल–एरिश शहरमा रहेको प्रहरी चेकपोष्टमा आइएसले मोटार आक्रमण गरेको हो । आक्रमण लगत्तै आइएसले घटनाको जिम्मेवारी लिएको थियो । सरकारी अधिकारीले पछि मात्रै त्यसको पुष्टी गरेका हुन् । आक्रमणपछि सुरक्षाकर्मीले शहरमा आवतजावत बन्द गरेका छन् । सिनाई आइएसको आक्रमणको केन्द्र रहँदै आएको छ । सन् २०१३ मा मोहम्मद मोर्सी सत्ताच्युत भएपछि सिनाईमा आइएस तथा अरु समूहको आक्रमणमा परि सयौं सुरक्षाकर्मीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV