७ चैत्र २०७२, आईतवार

कलैया, महागढीमाई नगरपालिकाको दोस्रो नगरपरिषद्ले शनिबार आर्थिक वर्ष २०७३÷७४ का लागि नीति र कार्यक्रमसहित रु सात करोडको बजेट सार्वजनिक गरेको छ ।

budget
चालुतर्फ रु तीन करोड ७३ लाख ८६ हजार र पुँजीगततर्फ रु तीन करोड २१ लाख बजेट रहेको छ । नगरपालिकाले चालु आव २०७२÷७३ का लागि रु चार करोड ८९ लाख ८२ हजार बजेट पारित गरेको थियो ।

नगरपालिकाको कार्यकारी अधिकृत द्वारिकाप्रसाद यादवले परिषद्को उदघाटन गर्नुभएको थियो । रासस

 

LIVE TV