७ चैत्र २०७२, आईतवार

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लेस्टर सिटीले उपाधि यात्रालाई बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत गएरातिको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई १–० ले हराएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी ८ पुर्याएको छ ।

yet

लेस्टरको जितमा ३४ औं मिनेटमा रियाद महरेजले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको लेस्टरको ३१ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ५८ अंक छ भने ३० खेलबाट ५५ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । आर्सनलले शनिबार राति नै भएको खेलमा एभर्टनलाई २–० ले हराएको थियो । ३३ अंक जोडेको क्रिष्टल प्यालेस पन्ध्रौं स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा चेल्सी र वेष्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडे । ३० खेलबाट ५० अंक जोडेको वेष्ट ह्यामा पाँचौं तथा ४१ अंक जोडेको चेल्सी दशौं स्थानमा छ । अरु खेलमा स्टोक सिटीले वाट्फोर्डलाई २–१ तथा नविर्चले वेष्ट ब्रोम र स्वान्सी सिटीले एस्टन भिल्लालाई समान १–० ले हरायो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV