७ चैत्र २०७२, आईतवार

औषधि उपचारबाट ६० देखि ६५ प्रतिशत छारे रोगीमा मूच्र्छा पर्ने समस्या हट्छ । बाँकी ३५ प्रतिशतलाई औषधिले छुँदैन । न्युरोलोजी जर्नलमा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा छारे रोगी मूच्र्छा पर्ने समस्या घटाउने प्रभावकारी वैकल्पिक उपाय सुझाइएको छ । कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहाराले छारे रोगीलाई फाइदा पुग्ने न्युरोलोजीमा उल्लेख गरिएको छ । यस प्रकारको आहाराले बेकाबु मूच्र्छा पर्ने घटना कम हुने दाबी गरिएको छ । औषधिले काम गर्न नसकी कोही वयस्क छारे रोगी अनियन्त्रित रूपमा मूच्र्छा पर्ने गर्छन् ।

Tuberculosis3_1
कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहारा बालबालिकामा प्रभावकारी हुने प्रमाणित भइसकेको छ तर वयस्क छारे रोगीमा यसबारेमा विस्तृत अनुसन्धान भएको थिएन तर अन्डा, बटर, क्रिम, तरकारी, गेडागुडी, बदाम, माछा, चिज आदि भएको खाना वयस्क छारे रोगीलाई समेत उपयोगी भएको पत्ता लगाइएको छ । अमेरिकाको अमेरिकन एकेडेमी अफ न्युरोलोजीका सदस्य तथा मिड एट्लान्टिक इपिलेप्सी एन्ड स्लिप सेन्टरमा कार्यरत प्रमुख अनुसन्धानकर्ता पाभेल क्लिनले भन्नुभएको छ– मूच्र्छा पर्ने समस्या औषधिले रोक्न नसकिएका ३५ प्रतिशत छारे रोगीका लागि हामीले नयाँ उपाचार खोज्नुपर्छ, कार्बोहाइड्रेट कम र चिल्लो बढी भएको आहारा बालबालिकामा प्रयोग भइरहेको छ तर वयस्कमा यो कत्तिको प्रभावकारी छ भन्ने सम्बन्धमा थोरै अनुसन्धान भएको रहेछ ।
पाभेलको टोलीले छारे रोगीमा कार्बोहाइड्रेट कम भएको आहाराको प्रभाव सम्बन्धमा गरिएका पाँच अनुसन्धानको तथा चिल्लो पदार्थ अधिक भएको आहाराबारेमा गरिएको पाँच अनुसन्धानको विवरण केलाएको थियो । यसअघि डाना–फार्बर क्यान्सर इन्स्टिच्युट र हार्वर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ताले पनि छारे रोगको उपचारमा यस पद्धतिलाई विज्ञानसम्मत व्याख्या गरेका थिए । न्युरो जर्नलमा अनुसन्धान टोलीले उल्लेख गरे अनुसार मस्तिष्कमा कोषीय पद्धतिलाई परिवर्तन गर्ने एक प्रोटिनद्वारा मूच्र्छा प्रक्रिया अवरुद्ध हुन्छ । मस्तिष्कमा विद्युतीय क्रियाको झट््काले उत्पन्न हुने स्नायुतन्त्रीय विकारले मूच्र्छाको अवस्था ल्याउँछ । त्यसैले आहारामा कार्बोहाइड्रेट वा चिनी कम खाएमा मस्तिष्कले बोसोमा भर पर्नुपर्छ । शरीरमा बोसोको विघटन हुँदा सहउत्पादनका रूपमा किटोन बन्छध्र
चिल्लो अधिक र कार्बोहाइडे«ट कम खाएर छारे रोगको प्रभाव कम गर्ने उपाय प्रयोगमा आएको लगभग सय वर्ष भएको छ । छारे रोग भएको मुसामा वैज्ञानिकले बीसीएल–२ प्रोटिनमा हेरफेर गरी किटोन उत्पादन बढाउने र ग्लुकोजको मात्रा कम गर्ने बनाएर प्रयोग गरेका थिए । यसबाट मूच्र्छा पर्ने घटना कम भएको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV