
आपुर्ति ब्यवस्था महाशाखा अन्तर्गत बाराको पथलैयामा रहेको केन्द्रिय मेडिकल स्टोर्समा आज विहान आगलागि भएको छ । पर्सा वन्यजन्तु आरक्षको क्षेत्रमा रहेको गोदाममा जंगलबाट आएको आगोका कारण आगलागि भएको प्रहरीले जनाएको छ ।
७५ वटै जनस्वास्थ्य कार्यालयको औषधि एवं खाद्य सामाग्री भण्डारण गरिएको गोदाममा आगलागि हुँदा करोडौं रुपैयाको क्षतिभएको प्रारम्भिक अनुमान छ । नजिकै रहेको जंगलको आगो नियन्त्रणमा लापरवाही गर्नाले यो घटना घट्न पुगेको स्थानीयले बताएका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।