७ चैत्र २०७२, आईतवार

भातमा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु टोली भारतले चिरप्रतिद्वन्द्वी पानिस्तानमाथि सहज जित दर्ता गरेको छ । कोलकातामा वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

cr
पाकिस्तानले दिएको १ सय १९ रनको लक्ष्य भारतले १५ दशमलव ५ ओभरमा मात्रै चार विकेटको क्षतिमा भेट्टाएको थियो । भारतका विराट कोहलीले ३७ बलमा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ५५ रन बनाए । यस्तै युवराज सिंहले २३ बलमा २४, कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा नटआउट १३ तथा रोहित शर्माले ११ बलमा १० रन बनाए । पाकिस्तानका मोहम्मद सामीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित १८ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि शोएब मलिकले १६ बलमा २६, अहमद शेहजादले २८ बलमा २५, उमर अकमलले १६ बलमा २२ तथा शरजिल खानले २४ बलमा १७ रन बनाए । भारतका आषिश नेहरा, जसप्रित बुमराह, रविन्द्र जडेडा, सुरेश रैना र हार्दिक पाण्डेयले समान एक एक विकेट लिए । योसँगै पाकिस्तानले विश्वकपमा लगातार रहँदै आएको आफूमाथिको भारतको दबदबा हटाउन सकेन । एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी संरचनाको विश्वकपमा पाकिस्तान र भारत अहिलेसम्म ११ पटक खेलका छन् । जसमा सबै खेलमा भारत विजयी भएको छ । एक दिवसीयमा ६ पटक तथा ट्वेन्टी–ट्वेन्टी विश्वकपमा पाँच पटक भारत र पाकिस्तान आमनेसामने भएकोमा सबै खेलमा पाकिस्तान भारतसँग निराश बनेको छ । खेलका लागि कोलकाताको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सुपर टेन अन्तर्गत समूह दुई मा रहेका भारत र पाकिस्तानले अहिलेसम्म दुई दुई खेल खेलेकोमा एक एकमा जित निकालेका छन् । भारत पहिलो खेलमा न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको थियो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ५५ रनले हराएको थियो । ०

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV