
सरकारको महत्वाकांक्षी परियोजना भैरहवास्थित बिशेष आर्थिक क्षेत्र सेजको नब्बे प्रतिशत निर्माण कार्य पूरा,ऐनको अभावमा सेज संचालनको टुंगो लाग्न सकेन
नेपाल सरकारको महत्वाकांक्षी परियोजनाको रुपमा रहेको भैरहवा स्थित बिशेष आर्थिक क्षेत्र सेज संचालनको अझै टुंगो लाग्न सकेको छ्रैन् । सेज संचालनका लागि आबश्यक भौतिक पूर्बाधारहरु तयारी अबस्थामा रहे पनि सेज सञ्चालनका लागि आबश्यक पर्ने सेज ऐन अहिलेसम्म आउन नसक्दा सञ्चालनमा आउँन नसकेको हो । ऐन नै बाधक बनेको भन्दै व्यवसायीहरुले यस्तै अबस्था रहे अझै पाँच बर्षमा पनि सेज सञ्चालन हुन नसक्ने बताए ।
नेपाल सरकारले २०५८ सालमा भैरहवा सहितका देशका बिभिन्न स्थानमा सञ्चालन गर्ने गरि बिशेष आर्थिक क्षेत्र निर्माण गर्ने कार्य सुरु गरेको थियो । सोही अनुरुप भैरहवामा पनि सेज सञ्चालनको तयारी भएको हो । तर स्थापनाको १५ बर्ष पुग्न लाग्दा पनि अहिले सम्म बिशेष आर्थिक क्षेत्र सञ्चालन हुन सकेको छैन ।
गत बर्ष मंसिर पहिलो साता हतार हतारमा बिशेष आर्थिक क्षेत्र भित्र प्रशासनिक भवन तथा सेवा भवनको उदघाटन तत्कालीन गृहमन्त्री बामदेब गौतम र उद्योग मन्त्री महेश बस्नेतले गर्नुभएको थियो । तर ताम्रपत्रमा उदघाटनको नाम लेखाउने बाहेक अरु केही काम भने हुने सकेनन् । भवन उदघाटन भएको १६ महिना बिति सक्दा पनि अहिले सम्म सेज सञ्चालनमा आउन सकेको छैन । भैरहवा–लुम्बिनी क्षेत्रका उद्योगी ब्यबसायीले भने ९० प्रतिशत पुर्बाधार तयार भैसकेको भैरहवाको बिशेष आर्थिक क्षेत्र (सेज) ऐन अभाबमा सञ्चालन हुन नसकेको बताएका छन् । यस्तै सरकारी रबैया रहे अझै पाँच बर्षमा पनि सञ्चालन हुन नसक्ने उनीहरुको दाबी छ ।
सरकारले पटक पटक आश्वासन मात्र दिएको तर लामो समय भैसक्दा पनि सेज सञ्चालनमा आउँन नसकेको उद्योगी एबं सिद्धार्थ गु्रपका प्रबन्ध निर्देशक राजेश अग्रवालको गुनासो छ ।
सेज सञ्चालनमा आउन नसक्दा त्यहाँ निर्माण भएका भौतिक पुर्बाधारहरु पनि बिग्रन थालिसकेका छन् । भवनमा पानी चुहीन थालेको छ भने नालाहरु फुटन थालेका छन् । तर सेजका ईन्जिनियर लक्ष्मण भट्राईले भने अहिले सेजको प्राबिधिक काम ९० प्रतिशत भन्दा बढी भैसकेको दाबी गर्दै कानून नै मूख्य बाधक रहेको बताउँनुभयो । उहाँले पछिल्लो समय १५० रुपैया प्रति बर्ग मिटर जग्गाको भाडालाई २० देखि २५ रुपैया भित्र रहने गरी उद्योग,अर्थ हुदै अहिले मन्त्रीपरिषदमा पठाईएको र सदर भए पछि पुनः आशयपत्र माग गरिने जनाउनुभयो ।
यसअघिको कार्यबिधिमा सेज भित्र सबै उद्योग सञ्चालनका लागि प्रस्ताब आएपछि मात्र सञ्चालन हुन सक्ने प्राबधान रहेकोमा अब ५ जनाले मात्रै प्रस्ताब हाले पनि उद्योग सञ्चालन हुने गरी संसोधन समेत भैसकेको सेज कार्यालयले जनाएको छ । सेजका लागि अहिले सम्म ८० करोड रुपैयाँ खर्च भैसकेको छ । रुपन्देहीको बगाहा गाबिसमा अवस्थित सेज ५२ बिगाहा जग्गामा फैलिएको छ ।