
सम्मेलनमा चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री लगायत विशिष्ट व्याक्तिहरुको सहभागिता हुने
काठमाडौँ- २५६० औ वुद्ध जयन्तीको अवसरमा अगामी २०७३ साल जेठ ६ देखि ८ गतेसम्म लुम्विनीमा हुने विशेष सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव वान की मुन सहभागी हुनुहुने भएको छ ।
सम्मेलनमा चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री लगायत विशिष्ट व्याक्तिहरुको सहभागिता हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले बताउनुभयो ।
बौद्ध सम्मेलनमा विभिन्न देशका प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिले शान्तीप्रिय देश नेपाल र गौतम वुद्धको जन्मथलो नेपालका लागि फलदायी हुने पर्यटन मन्त्री पोखरेलको दावी छ । बौद्ध सम्मेलनका बारे जानकारी दिन काठमाण्डौमा आयोजित पर्यटन मन्त्री पोखरेलले नेपाललाई अन्तर्राष्टिय बुद्धिष्ट हबको रुपमा विकास गर्न अन्तराष्ट्रिय समुदायसंग सहयोग लिने बताउनुभयो ।
उहाँले लुम्विनीलाई विश्वको आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न र नेपालमा धार्मिक एंव सांस्कृतिक पर्यटनको विस्तार र प्रवद्धन गर्न आवश्यक रहेको बताउनुभयो ।